एनपिएलः काठमाडौं गुर्खाज १०१ रनमा अलआउट

डिसी नेपाल
२७ मंसिर २०८१ १४:२८

काठमाठौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाज १०१ रनमा अलआउट भएको छ । किर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.३ ओभरमा १०१ रनको स्कोरमा अलआउट भएको हो ।

काठमाडौंका लागि गेरहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । स्टेफेन एस्किनाजीले १७, करण केसीले १९ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान ३–३ विकेट लिए । मोहम्मद मोहसिनले १ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *