बागलुङमा ट्याक्टर पल्टियो, चालकको मृत्यु

डिसी नेपाल
२९ मंसिर २०८१ ११:२७

बागलुङ । बागलुङको गलकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

शुक्रबार राति सााढे ११ बजे गलकोट नगरपालिका-३ को भैसेमा ध १ त १९२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मुसिकोट घर भएका २४ वर्षीय टेकबहादुर बिकको ज्यान गएको हो।

मध्यपहाडी लोकमार्गको खरबाङदेखि गलकोटको हटिया आउने क्रममा उक्त ट्याक्टर दरमखोलाको पुल नजिकै पल्टिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *