‘कार्साङ’मा जितुको जोडी दयाहाङसँग

डिसी नेपाल
३० मंसिर २०८१ ११:५०

काठमाडौं। सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हास्य भूमिकैमा देखिए। तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिका देखिए । तर, सहायक भूमिकामा भने उनले कमेडी भूमिका नै पाउँदै आएका छन्।

दयहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा उनको चरित्र कस्तो छ? यो चलचित्रमा जितु दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ। ‘कार्साङ’मा जितुको जोडी दयाहाङसँग जोडिएको छ। उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ।

बच्चा नभएको दोस एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ। तर, कारण के र समस्या को मा छ भन्ने हालसम्म खुलेको छैन। यसमा उनले दर्शकलाई हसाँउनेछन्। हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन्।

यसअघि दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा थिए। यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्कीएका हुन्। यसैबीच, ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेकोछ। पूर्वी नेपालबाट चलचित्रको प्रचार सुरु गरेको हो । चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन्।

आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन् ।

यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुने निर्माणपक्षले जजनाएको छ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *