दक्षिण कोरियामा राष्ट्रपति विरुद्धको महाभियोग प्रस्ताव सफल, हान नयाँ कार्यवाहक राष्ट्रपति
काठमाडौं । शनिबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योल विरुद्ध विपक्षीले ल्याएको महाभियोग प्रस्ताव पारित भएको छ । दक्षिण कोरियाको संसदमा युन सुक–योलविरुद्धको महाभियोग प्रस्तावमा भएको मतदानमा ३०० सांसदले भाग लिएका थिए ।
यसमा २०४ सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए । ८५ सांसदले विपक्षमा मतदान गरे । कार्यवाहक राष्ट्रपति हान डुक-सूले अब यून सुक-योलको ठाउँमा कार्य गर्नेछन् ।
नयाँ कार्यवाहक राष्ट्रपतिले आफ्नो पहिलो सार्वजनिक भाषणमा आफ्नो ध्यान देशमा सामान्यता ल्याउनमा केन्द्रित रहने बताएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोगको मतदान सफल भएको खबर आएसँगै संसद अगाडि जम्मा भएका सर्वसाधारणको भीडले उत्सव मनाउन थाल्यो ।
युन सुक-योलको पीपुल पावर पार्टीका नेता हान डोङ-हुनले आफ्नो पार्टीले नतिजालाई गम्भीरतापूर्वक स्वीकार गरेको बताए।
दक्षिण कोरियाका लागि अमेरिकी राजदूतले पनि महाभियोग प्रस्ताव पारित भएको प्रतिक्रिया दिएका छन्।
अमेरिकी राजदूत फिलिप गोल्डबर्गले सोसल मिडिया प्लेटफर्म एक्समा लेखे कि महाभियोग प्रस्ताव पारित भएपछि उनले दक्षिण कोरियाका विदेशमन्त्रीसँग भेट गरे।
अमेरिकी राजदूतका अनुसार अमेरिकाले दक्षिण कोरियाको लोकतान्त्रिक र संवैधानिक प्रक्रियालाई समर्थन गर्छ र आफ्ना जनताको साथमा छ ।
Facebook Comment