एन्टोनी ब्लिन्केनले भने – अमेरिका सिरियाली विद्रोही समूह एचटीएससँग प्रत्यक्ष सम्पर्कमा छ
काठमाडौं । अमेरिकाले सिरियामा बसर अल असदको सरकारलाई पतन गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)सँग प्रत्यक्ष सम्पर्कमा रहेको पहिलो पटक स्वीकार गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनमा यो टिप्पणी गरेका हुन्। “हामी एचटीएस र अन्यसँग सम्पर्कमा छौं,” उनले भने।
तर, अमेरिकाले हयात तहरीर अल–शामलाई आतंकवादी संगठन घोषणा गरेको छ ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले क्षेत्रीय शक्तिहरूले सिरियालाई ‘अराजकताको अवस्थामा’ पुग्न नचाहेको बताएका छन्।
हालै सिरियामा एचटीएसको नेतृत्वमा विद्रोही समूहले बसर अल-असदको सरकारलाई हटाएका छन्। जसका कारण सिरिया स्वतन्त्र भएको घोषणा गरिएको थियो ।
यस अवधिमा बशर अल-असद देशबाट भागे र रूसले उनलाई शरण दिएको छ।
प्रतिक्रिया
Facebook Comment