पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी, कस्तो बन्यो टिम?

डिसी नेपाल
३० मंसिर २०८१ २२:५८

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा विजयी भएकी छन्। महासंघ केन्द्रीय निर्वाचन समितिले प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन गठबन्धनबाट अध्यक्षकी साजा उम्मेदवार रहेकी शर्मा विजयी भएको घोषणा गरेको छ।

४२८२ मतसहित शर्मा अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन्।

यससँगै महासंघको नेतृत्वमा पहिलोपटक महिला पुग्न सफल भएकी छन्।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्ष (महिला)मा नितु पण्डित, उपाध्यक्ष (समावेशी) उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्।

कोषाध्यक्षमा विष्ट नेतृत्वको प्यानलबाट रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *