एकीकृत समाजवादी स्थायी कमिटी बैठक बस्दै, नेताका कार्यविभाजन हुने
काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज सकिने भएको छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसिरदेखि जारी बैठकमा धारणा राख्ने र जबाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यविभाजनदेखि अन्य बिषय टुंग्याउनु पर्ने भएकाले आजसम्म जारी राखिएको हो।
आजको बैठकमा भरत श्रेष्ठ, प्रमेश हमाल, धर्मनाथप्रसाद साह, महासचिव घनश्याम भुसाल र अध्यक्ष माधवकुमार नेपालले धारणा राख्ने स्थायी समिति सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए। साथै, अध्यक्ष नेपालले स्थायी समिति सदस्यहरूले राखेको प्रश्नको जवाफ दिने र नेताहरूको कार्यविभाजन तय गरिने भएको छ।
आजको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिएको छ भने आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गरिने भएको छ। आजको बैठकमा विधान संशोधनको काम पनि सकिने गरी गृह कार्य भएको नेताहरूले बताएका छन्। बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगर बस्नेछ।
Facebook Comment