रहस्यमयी पेन्टिङ, जसको रहस्य ६ सय बर्षमा पनि खुलेको छैन्

डिसी नेपाल
१ पुष २०८१ ९:४७

काठमाडौं। संसारमा धेरै कुरा यस्ता छन् जसको बारेमा हामीलाई पूर्ण जानकारी हुँदैन, जसका कारण यो ठूलो रहस्य बन्न पुग्छ ।

यस्तै, इतिहासमा एउटा यस्तो पेन्टिङ छ, जसलाई सबैभन्दा ‘रहस्यमय पेन्टिङ’ भनिन्छ किनभने यो पेन्टिङमा धेरै रहस्य लुकेका छन् तर त्यसको जवाफ कसैसँग छैन् । यो चित्रले शताब्दीयौंदेखि मानिसहरूलाई चासो दिएको छ। आउनुहोस् तपाईलाई यसको बारेमा बताउने छौं ।

हालै हिस्ट्री मे नामको इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोष्ट गरिएको छ, जसमा एउटा अनौठो पेन्टिङ भएको बताइएको छ । यस पेन्टिङको नाम ‘द अर्नोल्फिनी पोर्ट्रेट’ हो, जसलाई सन् १४३४ मा नेदरल्यान्डका जान भान इक नामक कलाकारले बनाएका थिए।

यो पेन्टिङको प्रशंसा किन पनि गरिन्छ भने यो बुझ्न धेरै गाह्रो छ र यसमा धेरै रहस्य लुकेका छन्। चित्रमा एक पुरुष र उनकी गर्भवती पत्नी देखिएका छन्। उनीसँगै एउटा कुकुर पनि छ । पेन्टिङमा अरु पनि धेरै कुराहरु छन्, जसलाई राम्ररी हेर्नुभयो भने बुझिन्छ । तर, यो पेन्टिङको उदेश्य के हो ? अझसम्म कसैले सही मुल्याङकन गर्न सकेका छैनन् ।

त्यसैले विश्वको धेरैजसो कला पारखीले यसलाइ रहस्यमयी पेन्टिङ भन्ने गरेका छन् । के तपाइ यसको रहस्य थाहा पाउन सक्नुहुन्छ भने प्रयास गर्नुहोस् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *