महिला यु–१९ एसिया कपमा नेपालले २७ रनको स्कोरमा पाकिस्तानको तेस्रो विकेट लियो
काठमाडौं। महिला यु–१९ एसिया कपमा नेपाल र पाकिस्तानबीच टि–२० खेल चलिरहेको छ । मलेसियाकाको बायुमास ओभलमा भइरहेको खेलमा ७ ओभरको खेल सकिएको छ । ७ ओभरमा पाकिस्तानले ३ विकेट गुमाएर ३० रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले पावरप्लेमै २ विकेट गुमाएको थियो । पहिलो विकेट नेपालकी कप्तान पूजा महतोले लिएकी थिइन् । उनले पाकिस्तानकी फिजा फैजलाई शुन्य रनको स्कोरमै एलबीडब्लु आउट गरिन् ।
पाकिस्तानले दोस्रो विकेट २६ रनको स्कोरमा गुमायो । पाकिस्तानकी राविल फरहानलाई रचना कुमारी चौधरीको बलमा पूजा महतोले क्याच गरेर आउट गरिन् । यस्तै २७ रनको स्कोरमा अरीशा अन्सारीलाई रिया शर्माले बोल्ड गरिन् ।
प्रतिक्रिया
Facebook Comment