एमाले हेटौंडा उपमहानगरपालिका अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित

डिसी नेपाल
२ पुष २०८१ ११:०९

हेटौंडा। नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले बोलबहादुर कार्कीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ।

मतदान प्रक्रियामा कार्कीले १ सय ७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ (जेन) ले १ सय ३३ मतमा सीमित हुनु परेको थियो। त्यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुदाँ उपाध्यक्षका अर्का उम्मेदवार धनबहादुर मोक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत मात्रै ल्याउन सकेका छन्।

सचिवमा शान्ता गौतम (प्रदीप) पनि मतदान प्रक्रियाबाट नै निर्वाचित भएका छन्। गौतमले १ सय ९७ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत पाएका छन्। उपसचिव खुलामा शान्तकुमार तामाङ ७४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू सुरेश मिजारले ६७, कवि रेग्मीले ४१, भीम तिमल्सिनाले ३४, शिवबहादुर थापाले ३९ र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याएका थिए।

महिला उपसचिवमा चन्द्रावती पनेरु (अधिकारी) ले १ सय ४६ मत ल्याइ निर्वाचित हुँदा उपसचिवका अर्का उम्मेदवार रञ्जिता सिलवालले ७९ र जुना दङ्गालले ६९ मतमा सीमित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *