विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

डिसी नेपाल
३ पुष २०८१ १७:३४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गंगाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको खड्काको निजी सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *