अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगायो
काठमाडौं । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि सोसल मिडिया प्लेटफर्म एक्समा पोस्टमार्फत यस सम्बन्धमा विज्ञप्ति जारी गरेका छन् ।
बीबीसी उर्दूका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको लामो दूरीको मिसाइल कार्यक्रम र त्यसको धम्कीलाई ध्यानमा राख्दै कार्यकारी आदेश अन्तर्गत चार पाकिस्तानी संस्थामाथि प्रतिबन्ध लगाइएको बताइएको छ ।
“संयुक्त राज्यले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनीहरूलाई नामित गरेको छ। हामी हाम्रा चिन्ताहरू बारे स्पष्ट र निरन्तर छौं, र हामी यी मुद्दाहरूमा पाकिस्तानसँग संलग्न रहनेछौं,” म्याथ्यू मिलरले लेखेका छन् ।
अमेरिकाले प्रतिबन्ध लगाएका चार पाकिस्तानी कम्पनीमा नेशनल डेभलपमेन्ट कम्प्लेक्स, अख्तर एन्ड सन्स प्राइभेट लिमिटेड, फिलेट्स इन्टरनेशनल र रकसाइड इन्टरप्राइज छन्।
Facebook Comment