महान तबलावादक जाकिर हुसैनको अमेरिकाको सान फ्रान्सिस्कोमा अन्तिम संस्कार
काठमाडौं । प्रसिद्ध तबलावादक तथा ग्रामी अवार्ड विजेता उस्ताद जाकिर हुसैनको बिहीबार अमेरिकाको सान फ्रान्सिस्कोमा अन्त्येष्टि गरिएको छ ।
जाकिर हुसैनको अन्त्येष्टिमा भारतका प्रसिद्ध ड्रमर आनन्दन शिवमणी पनि उपस्थित थिए। आनन्दन शिवमणीले ढोल बजाएर उस्ताद जाकिर हुसेनलाई श्रद्धाञ्जली अर्पण गरे ।
उनले भने, ‘सन् १९८२ मा संगीतको दुनियाँमा यात्रा सुरु गरेदेखि मैले उस्ताद जाकिर हुसेनबाट धेरै कुरा सिकेको छु । जब म मेरो ड्रममा धुन बजाउँछु, उहाँ मेरो साथ हुनुहुनेछ।’
यसै हप्ता सोमबार उस्ताद जाकिर हुसैनको अमेरिकाको सान फ्रान्सिस्कोमा निधन भएको थियो । स्वास्थ्य बिग्रिएपछि उनलाई सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना गरिएको थियो ।
उनी संगीतको ओस्कार मानिने ग्रमी अवार्डका लागि सात पटक मनोनीत भएका थिए। उनले यो अवार्ड पनि चार पटक जितेका छन् ।
Facebook Comment