आफ्नो देशमा शरण लिएका सिरियाका पूर्व राष्ट्रपतिलाई पुटिनले अझै भेटेनन्
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा शरण लिएका सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई अझैसम्म भेटेका छैनन् ।
पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गर्दा यस सम्बन्धमा कुरा गरेका छन् । उनले भने, “राष्ट्रपति असद मस्को आएदेखि मैले भेटेको छैन, तर म उहाँलाई भेट्ने योजनामा छु। म उहाँसँग अवश्य कुरा गर्नेछु।”
पुटिनले सिरियामा बेपत्ता भएका व्यक्ति र अमेरिकी पत्रकार अस्टिन टिसका बारेमा पनि असदसँग कुरा गर्ने बताएका छन् ।
डिसेम्बर ८, २०२४ मा विद्रोहीहरू सिरियाको राजधानी दमास्कसमा प्रवेश गरेपछि बसर अल-असदले आफ्नो परिवारसँग रसियामा शरण लिएका थिए ।
प्रतिक्रिया
Facebook Comment