आफूलाई बलात्कारको आरोपमा श्रीमान् सहित ५१ जनालाई सजाय सुनाइएपछि जेसेल पेलिकोले के भनिन् ?
काठमाडौं । फ्रान्सेली अदालतले बिहीबार जेसेल पेलिको बलात्कार मुद्दामा आफ्नो फैसला सुनायो। यो फैसलापछि जेसेल पेलिकोले अदालतबाहिर आफ्नो बयान दिएकी छन् ।
उनले अदालत र त्यसको निर्णयलाई सम्मान गर्ने बताइन् । उनले आफ्ना जस्ता मुद्दा पीडितहरूलाई भनिन् “हामी सबैको समान संघर्ष छ।”
उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै उनीहरूको भनाइले उनको हृदय छोएको र हरेक दिन अदालतमा मुद्दा लड्ने साहस दिएको बताइन् ।
यससँगै जेसेलले आफ्नो सम्पूर्ण केस कभर गर्ने आफ्ना वकिल र पत्रकारहरुलाई पनि धन्यवाद दिएकी छन् ।
फ्रान्सको एक अदालतले बिहीबार जेसेलका पूर्व पति डोमिनिक पेलिकोलाई बलात्कारको आरोपमा २० वर्षको जेल सजाय सुनाएको छ।
यस मुद्दामा सह अभियुक्त जीन पियरे मार्चेललाई १२ वर्ष, निर्माण मजदुर साइमन एमलाई ९ वर्ष, प्लम्बर अहमदलाई ८ वर्ष र अवकाशप्राप्त खेलकुद प्रशिक्षक जोसेफ सीलाई ३ वर्षको जेल सजाय तोकिएको छ ।
Facebook Comment