पुटिनले भने– ‘युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो’

डिसी नेपाल
५ पुष २०८१ १६:४४

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा रुसले पहिले नै पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार रुसले युद्धका लागि राम्रोसँग तयार हुनुपर्ने थियो र सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपर्ने थियो ।

चार घण्टाभन्दा बढी समय चलेको पत्रकार सम्मेलनमा पुटिनले बसर अल–असद, रुसको आणविक कार्यक्रम, रुसमा बढ्दो मुद्रास्फीति र डोनाल्ड ट्रम्पसँग सम्बन्धित प्रश्नको जवाफ दिए ।

बीबीसी रसियाका सम्पादक रोजेनबर्गले पनि पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनलाई प्रश्न सोधे। उनले बोरिस येल्तसिनको कार्यकालको तुलनामा २५ वर्षपछि रुस राम्रो स्थितिमा पुगेको छ ? भनेर सोधे ।

जवाफमा भ्लादिमिर पुटिनले रुसले आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको बताए ।

सिरिया र बसर अल असदबारे सोधिएको प्रश्नमा उनले त्यहाँको अवस्था जटिल रहेको बताए । तर सिरियाको घटना रुसको हार हो भन्ने होइन ।

रुसले सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई समर्थन गरेको थियो । रुसी राष्ट्रपतिले पनि बशर अल असदलाई भेट्न नसकेको तर छिट्टै भेट्ने योजना रहेको बताए ।

यसबाहेक भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सोधिएको प्रश्नको जवाफ दिएका छन् ।

उनले भने, ‘हामीले चार वर्षदेखि भेट गरेका छैनौं । तर उनले पनि चाहेमा भेट्न तयार छु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *