अब मुकुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आयो, अनि मात्र अबस्था परिबर्तन : कमल थापा
![अब मुकुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आयो, अनि मात्र अबस्था परिबर्तन : कमल थापा](https://www.dcnepal.com/wp-content/uploads/2024/12/b127f728-9184-44cb-b50d-64c47d47bfaf.jpg)
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको ब्यबस्था परिबर्तन नगरी अबस्था परिबर्तन हुनै नसक्ने दाबी गरेका छन्। थापाले मुलुकको ब्यबस्था परिबर्तन गर्नुपर्ने समय आएको समेत जिकिर गरे।
भ्रष्ट ब्यबस्था र भ्रष्ट शासकले मुलुकमा ब्रम्हलुट मच्चाएका छन्,यसको अन्त्यको लागि शसक्त आन्दोलन जरुरी भएको भादै थापाले देश बचाउन र बनाउन आन्दोलको बिकल्प नभएको समेत दाबी गरे।
मुलुकलाई बचाउन र बनाउन राप्रपा नेपालसँग स्पष्ट मार्गचित्र भएको चर्चा गर्दै थापाले बिदेशीले बोकाईदिएको गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षताको भारिको बोझ मुलुकले धान्न नसक्न्ने समेत बताए।
सबै हिन्दुबादी , प्रजातन्त्रबादी , राष्ट्रबादी र राजाबादी एक ठाउँमा आएर अहिलेको मनपरीतन्त्र र लुटतन्त्रको अत्य गर्न सडक संघर्ष गर्नुपर्नेमा थापाको जोड थियो।
पार्टीको काठमाडौं -८ क्षेत्रीय समितिद्वारा नरदेबिमा आयोजित पार्टी प्रवेश तथा सकृय सदस्यता बितरण कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, केशब श्रेष्ठ, यबती कार्की , प्रदिप कार्की लगायतले बोलेका थिए।
Facebook Comment