रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् ।
प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न खोजेपछि झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिनहुँको नाराबाजी र प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि निषेधित क्षेत्र नै घोषणा गरेको छ ।
भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा अदालत, अस्पताल, सरकारी कार्यालयलगायत छन् । निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
निषेधित क्षेत्र घोषणा गर्न र अनुसन्धानलाई प्रभावकारी बनाउन स्थानीय राजनीतिक नेतृत्व समेत सहमत भएका छन् ।
प्रहरीले जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ भने आज सो म्याद सकिदै छ ।
Facebook Comment