आफ्नो उत्तराधिकारीको चर्चा बढ्दै गएपछि दलाई लामाले भने – ‘म ११० वर्ष बाँच्नेछु’
काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ । यी चिन्ताहरू बीच दलाई लामाले आफू ११० वर्षसम्म बाँच्ने बताएका छन् ।
वास्तवमा यस वर्षको जुनमा ८९ वर्षीय दलाई लामालाई घुँडाको शल्यक्रियाका लागि न्यूयोर्क लगिएको थियो ।
यससँगै दलाई लामाविना तिब्बती बौद्ध धर्मावलम्बीको भविष्यबारे पनि चर्चा हुन थालेको छ । तर, अब दलाई लामाले आफ्नो स्वास्थ्यमा चिन्ता लिनुपर्ने कुरा नभएको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा दलाई लामालाई उनको स्वास्थ्यबारे सोध्दा उनले भने, ‘म सायद ११० वर्ष बाँच्नेछु।’ उनले आफ्नो घुँडा पनि निको भैरहेको बताए । दलाई लामाले भने, “यो गम्भीर समस्या होइन।”
तर, उनले आफ्ना सहकर्मीको सहयोगमा यी कुराहरू विस्तारै हिँड्दै भने । र लामो दूरीको लागि उनले गल्फ कार्ट प्रयोग गर्दछन् ।
१४ औं दलाई लामा १९५९ को प्रारम्भिक महिनाहरूमा हजारौं तिब्बती अनुयायीहरुसंग भारत भागेका थिए । चीनले दलाई लामाको उत्तराधिकारी छान्ने दाबी गरिरहेको छ। तर दलाई लामाले भारतमा आफ्नो उत्तराधिकारी छान्न सकिने बताएका छन् ।
उनले चीनले कसैलाई आफ्नो उत्तराधिकारी चुनेमा सम्मान नगर्ने चेतावनी समेत दिए ।
Facebook Comment