अभिनेता सुमन सिंहलाई मातृ शोक

डिसी नेपाल
२ भदौ २०७६ १४:३०

काठमाडौं। अभिनेता सुमन सिंह ठकुरीलाई मातृ शोक परेको छ।

सुमनकी आमा बिन्दुको ६९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धित गर्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए।

विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोकको बिरामी रहेकी सुमनकी आमा झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचाररत थिइन्।

उपचारको क्रममा हस्पिटलमा निधन भएसंगै उनको पार्थिव शरीरलाई  अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा लगिँदैछ।

निधनको पुष्टिसंगै सुमनकी आमाप्रति फिल्मकर्मीले श्रद्धाञ्जली प्रकट गरिरहेका छन्।

उनको  निधनमा श्रद्धाञ्जलीका लागि जति सक्दो छिटो पशुपति आर्यघाटमा उपस्थित हुन चलचित्र कलाकार संघले सम्पूर्ण चलचित्रकर्मीलाई आग्रह समेत गरेको छ।

केही वर्षयताअमेरिकामा बस्दै आएका सुमन आमाको उपचारका लागि केही समययता नेपालमा थिए। सुमन नेपाली चलचित्रमा कुनै समय रुचाईएका अभिनेतामा पर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *