ट्राभिस हेडले भारतविरुद्ध चौथो टेष्ट खेल्ने

डिसी नेपाल
१० पुष २०८१ ११:५९

काठमाडौं । अस्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड भारत विरुद्धको बोर्डर-गावस्कर ट्रफीको चौथो टेष्ट खेल खेल्न फिट भएका छन् ।

ट्राभिस हेडले २६ डिसेम्बरबाट सुरु हुने चौथो टेष्ट खेलको फिटनेस टेस्ट पास गरेका छन् । अष्ट्रेलियाको क्रिकेट बोर्ड क्रिकेट अष्ट्रेलियाले यो जानकारी दिएको हो ।

ट्राभिस हेडले ब्रिसबेन टेस्टका क्रममा आफू क्वाड स्ट्रेन (एक प्रकारको मांसपेशीको तनाव) बाट पीडित भएको बताएका थिए । त्यसयता ट्राभिस हेडले अर्को खेल नखेल्ने अनुमान गरिएको थियो ।

सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले जित हात पारेपनि दोस्रो खेलमा अष्ट्रेलियाले पुनरागमन गर्दै शृंखला १–१ को बराबरी गरेको थियो ।

ब्रिसबेनमा भएको तेस्रो टेष्ट खेल बराबरीमा सकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *