बंगलादेशले फेरि दोहोर्यायो – ‘हाम्रो प्राथमिकता भारतबाट शेख हसिनालाई ल्याउने हो’
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताए ।
बीबीसी बंगलाका अनुसार शफिकुल आलमले भने , “सरकारले बंगलादेशको कानून अनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ।” बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ ।
बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले भर्खरै शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका छन्।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अगस्ट ५ देखि भारतमा छिन् । भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, “हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौं।”
Facebook Comment