फ्रान्समा रेल चालकको आत्महत्याले रेल सेवा अवरुद्ध

डिसी नेपाल
१० पुष २०८१ २०:३४

पेरिस। एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसिएफले बुधबार जनाएको छ। मङ्गलबारदेखि बुधबारसम्म फैलिएको पेरिस र दक्षिणपूर्वी फ्रान्सबीचको रेल सेवामा ढिलाइका कारण करिब तीन हजार यात्रु प्रभावित भएका छन्।

यात्राका लागि असाधारण रूपमा व्यस्त समय क्रिसमसको पूर्वसन्ध्यामा आत्महत्या गरेपछि मङ्गलबार करिब १० वटा उच्च गतिको (टिजिभी) रेलहरू पाँच घन्टासम्म ढिलाइ भएका थिए।

पेरिसको दक्षिणपूर्वमा रहेको मेलुनस्थित अभियोजकको कार्यालयले चालकले चलिरहेको रेलबाट उफ्रेर आत्महत्या गरेको देखिएको बताएको छ। उनको शव पछि रेलमार्ग नजिकै फेला परेको थियो।

एसएनसिएफले चालकको मृत्युको पुष्टि गर्दै उनले ‘रेल चल्दै गर्दा आत्महत्या गरेको’ बताएको छ। रेलमा यात्रुहरूको सुरक्षामा वा नेटवर्कमा अन्यत्र सेवाहरूमा कुनै खतरा नभएको एसएनसिएफले बताएको छ। बुधबार रेल यातायात ‘क्रमिक रूपमा पुनः सुरु’ भइरहेको थियो। यद्यपि एसएनसिएफले केही सम्भावित थप ढिलाइको चेतावनी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *