कश्मीरबारे सरकारको पहिलो धारणा, ‘नजिकबाट हेरिरहेका छौं’

डिसी नेपाल
२ भदौ २०७६ १७:०२

काठमाडौं। भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेको दुई हप्तापछि नेपालले धारणा सार्वजनिक गरेको छ। सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कश्मीर घटनालाई ‘नजिकबाट हेरिरहेको’ बताएका हुन्। सोमबार पत्रकार सम्मेलनमा उनले कश्मीरबारे प्रतिक्रिया दिँदै कश्मीर समस्या भारत र पाकिस्तानले आपसी वार्ताबाट समधान गर्नुपर्नेसमेत बताए।

पत्रकार सम्मेलनमा नेपाल–भारत सँयुक्त आयोगको बैठक बुधबार काठमाडौंमा शुरु हुनेबारेसमेत जानकारी दिइएको थियो। परराष्ट्र मन्त्रालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी बुधबार र बिहीबार काठमाडौंमा हुने संयुक्त आयोगको बैठकबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य ५ वटा एजेन्डा रहेको बताए। बैठकमा राजनीतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धि विषयमा छलफल हुने उनले जानकारी दिए। यसका साथै दुई देशका सरकारप्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्यांकन गर्ने पनि मन्त्रि ज्ञवालीले जानकारी दिए।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने भएको छ । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउदै शिखर सम्मेलन गर्ने बिषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्रि ज्ञवालीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *