मुम्बई हमलाका मुख्य योजनाकार मानिएका अब्दुल रहमान मक्कीको मृत्यु

डिसी नेपाल
१२ पुष २०८१ १४:५५

काठमाडौं । मुम्बई हमलाका कथित मास्टरमाइन्ड तथा हाफिज सइदका साला हाफिज अब्दुल रहमान मक्कीको शुक्रबार मृत्यु भएको छ ।

मक्की प्रतिबन्धित संगठन जमात-उद-दावाका प्रमुख थिए। मक्कीकी भतिजी तल्हा सईदले बीबीसी उर्दूसँग उनको मृत्यु भएको पुष्टि गरेकी छन् ।

मक्की लामो समयदेखि मधुमेहका बिरामी रहेको र हृदयघातका कारण मृत्यु भएको तल्हा सइदले बताए ।

उनले पञ्जाब (पाकिस्तान) सरकारको आदेशमा मक्कीलाई २०१९ मा पक्राउ गरिएको पनि बताइन् । मक्कीलाई आतङ्कवाद विरोधी अदालतले आतंकवादीलाई आर्थिक सहयोगसम्बन्धी मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको थियो।

तर, रिहा भएपछि उनी बिरामी परे र सार्वजनिक जीवनबाट टाढिए । सन् २०२३ मा मक्कीलाई संयुक्त राष्ट्रसंघले विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो ।

२६ नोभेम्बर २००८ मा, लश्कर-ए-तैयबाका दस चरमपन्थीहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरे। यो आक्रमण चार दिनसम्म चल्यो र १६० भन्दा बढी मानिसले ज्यान गुमाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *