‘देश विकासका लागि युवाको काँधमा जिम्मेवारी आयो’

डिसी नेपाल
२ भदौ २०७६ १८:५३

काठमाडौं। विभिन्न दलका युवा नेताहरुले नेपालको समुन्नत बिकाशको लागि युवाको काँधमा जिम्मेवारी आएको बताएका छन्। काठमाडौँमा राष्ट्रिय युवा संसद्को कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापा र नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले विद्यमान समाज र नेपाली अर्थ व्यवस्थाले सृजना गरेको विभेदको अन्त्य नगरे सम्म समुन्नत नेपालको कल्पना गर्न नसकिने बताए।

सांसद थापाले नेपालको बिगत आर्थिक सामाजिक रुपमा विभेदकारी नीतिबाट चलेको हुँदा सम्पूर्ण सामाजिक आर्थिक व्यवस्था नै विभेदकारी भएको बताए। यो विभेद न हटाएसम्म सामाजिक विकास नहुने भन्दै सांसद थापाले अबका युवाले विभेद बिरुद्ध लड्नुपर्ने बताए। अहिले राजनैतिक व्यवस्थाको परिवर्तन भन्दा यसै व्यवस्थाबाट समुन्नत नेपालको बाटो बनाउन सकिने भन्दै युवालाई समाजको अग्रमोर्चामा आएर विभेद बिरुद्ध लड्न आग्रह गरे।

यस्तै युवा संसदलाई सम्बोधन गर्दै नेकपाकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले वर्तमान अर्थ व्यवस्थाले नेपाली युवालाई स्वदेशमा रोकेर राख्न नसक्ने बताइन्् । सरकार संचालन गर्ने राजनीतिक पार्टीले दीर्घकालीन साँेच नराखी बजेटमा आउने पपुलिष्ट कार्यक्रमले युवालाई प्रभाव नपार्ने बताइन्। नेतृ झाँक्रीले अब युवाहरु आफै राज्य संयन्त्रमा प्रवेश गर्ने गरि आउनुपर्ने आवश्याकता रहेको बताइन्।

ग्लोबल युथ पार्लियामेन्टले हरेक वर्ष भिन्न बिषयमा राष्ट्रिय युवा संसद भनेर छलफल चलाउदै आएको छ । कार्यक्रममा देशभरका १६५ जना युवा युवतीले बातावरण र पर्यटनको विषयमा छलफल गरेका छन् ।




प्रतिक्रिया

One thought on “‘देश विकासका लागि युवाको काँधमा जिम्मेवारी आयो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *