सिंहदरबारको कार्यालयभित्रै सरकारी कर्मचारीको लाश !

डिसी नेपाल
३ भदौ २०७६ १३:००

काठमाडौं। सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले डिसीनेपाललाई जानकारी दिए ।

केसीको शव राष्ट्रिय योजना आयोगकै अनुगमन तथा मूल्यांकन हलमा भेटिएको हो । प्राप्त जानकारीअनुसार उनी हिजो बेलुकीदेखि नै घर गएका थिएनन् । उनको मृत्यु आत्महत्या नै हो वा अन्य कुनै कारण भन्ने अनुसन्धानपछि खुल्ने डिएसपी बोगटीले बताए । उनका अनुसार जाँचको लागि फरेन्सिक टिम बोलाइएको छ । घटनास्थल जाँचपछि मृतकको शव पोष्टमार्टमको लागि पठाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *