चितवनमा आदेशको प्रतिक्षाः रवि अदालतभित्र, समर्थकहरु रुखका हाँगामा (फोटोफिचर)

डिसी नेपाल
३ भदौ २०७६ १३:४१

चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने। युवराज कँडेल र अस्मिता कार्कीलाई अहिले जिल्ला अदालत चितवनमा पेश गरिएको छ । अदालतभित्र थुनछेकको बहस चलिरहेको छ र बाहिर समर्थकहरुले अदालतको आदेशको व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

भित्र बहस चलिरहँदा समर्थकहरु रुखका हाँगामा बसेर भित्रको गतिविधि हेरिरहेका छन् । उनीहरुले रुखमा चढे पनि इजलासमा के भइरहेको छ भन्ने कुरा देख्न सकेका छैनन् यद्यपि अदालत परिसरका गतिविधि भने हेरिरहेका छन् । चितवनको गर्मीमा रुखमा चढ्दा उनीहरुलाई शितलता समेत हुने भएकोले उनीहरु यसरी बसेर आदेश पर्खिरहेका छन् ।




प्रतिक्रिया

One thought on “चितवनमा आदेशको प्रतिक्षाः रवि अदालतभित्र, समर्थकहरु रुखका हाँगामा (फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *