सेयर बजारमा ६.५३ अंकको वृद्धि

डिसी नेपाल
२४ पुष २०८१ १५:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ६.५३ अंकले बढेर दुई हजार ६५३.३८ को बिन्दुमा कायम भएको हो।

३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७ सय ७१ कित्ता शेयर ७२ हजार १ सय २० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७ सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक २.५३, वित्त ४.७७, जलविद्युत् ०.२६, जीवन बिमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४० र लघुवित्त उपसमूह १.५९ प्रतिशतले बढेका छन्। अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बिमा ०.१३, व्यापार १.५६ र अन्य समूह ०.२६ प्रतिशतले घटेका छन्।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको रु २२ करोड ५३ लाख ४९ हजार ५ सय ९७ को कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *