चिसो बढेसँगै तराईको जनजीवन कष्टकर
सप्तरी। दुई दिन यता एक्कासी बढेको शितलहरका कारण सप्तरी सहित तराईको जनजीवन कष्टकर बनेको छ। शितलहरसँगै चिसो हावा निरन्तर चलेपछि जिल्लासहित मधेसको जनजीवन प्रभावित बनेको हो।
अत्यधिक जाडोको कारण सप्तरीको केही पालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ। विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरुमा बिदा दिइएको हो।
चिसोका कारण सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ भने सेवाग्राहीको पनि पातलो सहभागीता रहेको स्थानीयले बताए।
विष्णुपुर गाउँपालिका वडा नं ६ कि ५० वर्षीया पुनम देवले जाडोको कारण पकाउने र खाने बाहेक केही गर्न सकेकी छैनन्। घर बाहिर निस्किने अवस्था नभएपछि हिटर बालेर घर भित्र न्यानो भएर बस्दै आएको छ।
चिसोको कारण बालबालिका,सुत्केरी,गर्भवती,दीर्घरोगी,बृद्धबृद्धा लगायतका विरामी अस्पतालमा बढेको अस्पतालले जनाएको छ ।
चिसोकोकारण स्वासप्रस्वास ,निमोनिया, ज्वरो, रूघा खोकी, लगायतको विरामी बढेको हो। जाडो र चिसो छल्न राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविणले आगो ताप्न दाउरा उपलब्ध गराएको जानकारी दिइन्। न
गरपालिका भित्रका थप स्थानहरुमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलााएको आगो ताप्न पाएपछि जाडोबाट केही राहत हुने उनको धारणा उनको रहेको थियो।
Facebook Comment