बिगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ बढी ठूला आगलागी

डिसी नेपाल
२७ पुष २०८१ ७:५०

क्यालिफोर्निया। विगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ भन्दा बढी आगलागी भएका छन्। क्यालिफोर्नियामा धेरै वर्षदेखि खडेरीको अवस्था रहेको छ। यो क्षेत्रमा चिसोको कमी छ। यसबाहेक यो राज्य अमेरिकाका अन्य क्षेत्रहरू भन्दा धेरै तातो पनि रहेको छ। जसका कारण गर्मी मौसममा यहाँ जंगलमा आगलागी हुने गरेको छ।

यो क्रम वर्षायाम नआएसम्म जारी रहन्छ। तर, पछिल्ला केही वर्षयता हरेक मौसममा आगलागीका घटना बढ्दै गएका छन्। विगत ५० वर्षमा क्यालिफोर्नियाको जंगलमा ७८ वटा भन्दा बढी ठूला आगलागी भएका छन्। क्यालिफोर्नियामा जंगल नजिकको आवासीय क्षेत्रहरू बढेका छन्। यस्तो अवस्थामा आगलागी हुँदा क्षति बढी हुने गरेको हो।

सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कको आगलागी क्यालिफोर्नियाको सबैभन्दा ठूलो आगलागीको घटनाको रूपमा लिइन्छ। यो बेला करिब ८३ हजार एकड क्षेत्रफल ओगटेको थियो। करिब ३ लाख मानिस घरबार छोडेर अन्य सहरमा जान बाध्य भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *