स्प्याडेक्स मिसनको डकिङ प्रक्रियाको परीक्षण, अन्तरिक्ष यान ३ मिटर जति नजिक आयो
काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले एक अपडेट जारी गर्दै स्प्याडेक्स मिसनको डकिङ प्रक्रियाको लागि परीक्षण सञ्चालन गरेको बताएको छ।
यसका लागि अन्तरिक्षयानलाई पहिले १५ मिटर र त्यसपछि ३ मिटर नजिक लगिएको थियो ।
इसरोले भन्यो , “अन्तरिक्ष यानलाई १५ मिटर र त्यसपछि ३ मिटर नजिक पुग्न परीक्षण गरिएको थियो। यसपछि, अन्तरिक्ष यानलाई सुरक्षित दूरीमा फिर्ता लगिँदैछ। डेटा विश्लेषण पछि डकिङ प्रक्रिया अगाडि बढाइनेछ।”
इसरोले स्प्याडेक्स स्याटेलाइटले १५ मिटरको दूरीबाट खिचिएको एउटा फोटो र १२ सेकेन्डको भिडियो पनि जारी गरेको छ।
यसबाहेक अर्को तस्विर पनि सेयर गरिएको छ, जुन १०५ मिटर टाढाबाट खिचिएको छ ।
इसरोले डिसेम्बर ३० मा भारतीय समय अनुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट स्प्याडेक्स मिसन प्रक्षेपण गरेको थियो।
यसको उद्देश्य अन्तरिक्ष यानलाई ‘डक’ र ‘अन्डक’ गर्न आवश्यक प्रविधिको विकास र प्रदर्शन गर्नु हो। स्प्याडेक्स भनेको स्पेस डकिंग प्रयोग हो।
Facebook Comment