बोइङ, गुगल लगायतका ठूला कम्पनीले ट्रम्पको सपथ ग्रहण समारोहमा करोडौं खर्च गर्दै

डिसी नेपाल
२८ पुष २०८१ १४:२७

काठमाडौं । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि कम्पनीले १० लाख अमेरिकी डलर सहयोग गरिरहेको बीबीसीलाई बताएको छ ।

बोइङ बाहेक गुगल र माइक्रोसफ्टले पनि सोही रकम दान गरेको पुष्टि गरेका छन् । ट्रम्पको सपथ ग्रहण समारोहमा चन्दा दिनेहरूमध्ये धेरै अमेरिकी कम्पनीहरू छन्।

यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन्। डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपति बन्न लागेका छन् । यो उनको दोस्रो कार्यकाल हुनेछ ।

“हामी बोइङको द्विपक्षीय परम्परालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपतिको शपथ ग्रहणलाई समर्थन गर्न पाउँदा खुसी छौं,” बोइङले भन्यो।

कम्पनीले पछिल्लो तीन राष्ट्रपतिको शपथ ग्रहणका लागि समान दान गरेको बताएको छ।

कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि शपथ ग्रहण समारोहमा एक-एक मिलियन डलर सहयोग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *