ऊर्जामन्त्री खड्कालाई कुलमानले बुझाए स्पष्टीकरण

डिसी नेपाल
२८ पुष २०८१ १८:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तालुकदार मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण बुझाएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निर्देशनमा ऊर्जा सचिव सुरेश आचार्यले पुस २२ गते घिसिङलाई पदबाट किन नहटाउने? भनी ९ बुँदे स्पष्टीकरण सोधेका थिए। ७ दिनको म्याद राखेर सोधेको स्पष्टीकरणमा घिसिङले आइतबार मन्त्रालयमा जवाफ पठाएका हुन्।

ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण स्पष्ट रुपमा नबुझाएको, पटक-पटक सरकारलाई असहयोगी भूमिका खेलेको, सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको, पदीय मर्यादा विपरीतका काम गरेको, मन्त्रालयको निर्देशनलाई अवज्ञा गरेको भन्दै उनलाई मन्त्रलयले स्पष्टीकरण सोधेको थियो।

साथै, मन्त्रालयले विवरण माग्दा सत्यतथ्य लुकाए यथार्थपरक जवाफ नपठाई औपचारिकता निर्वाह गर्ने ढंगले असन्तुलित जवाफ र असम्बन्धित कागजात पठाएको पनि मन्त्रलयले जनाएको छ। त्यस्तै मन्त्रालयले माग गरेको कार्य सम्पादन विवरण नबुझाएर लापारबाही गरेको, टिओडी मिटरको विवरण जाँच गर्न ऊर्जा मन्त्रालयले गठन गरेको समितिलाई भत्ता र गाडीको सुविधा दिन नमानी ‘नोट अफ डिसेन्ट’ लेखेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधिएको थियो।

यद्यपि, घिसिङले स्पष्टीकरण बुझाउनुअघि आफ्नो कुल काममध्ये ९८.९९ कार्य सम्पादन गर्न सफल भएको विवरण बुझाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *