विद्युतीय व्यवसायी संघमा मिलन शिवाकोटी सर्वसम्मत

डिसी नेपाल
२८ पुष २०८१ १९:२०

काठमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघको अध्यक्षमा दोलखाका मिलन शिवाकोटी सर्वसम्मत चयन भएका छन्।

शनिबार काठमाडौंको धुम्बाराहीमा सम्पन्न संघको आठौं अधिवेशनले शिवाकोटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रमण पौडेल, कोषाध्यक्षमा अञ्जन तिमल्सिना तथा सह–सचिवमा भिष्मराज श्रेष्ठ चयन भएका छन्।

सदस्यमा सुमन तिमल्सिना, मिलन बस्नेत, बलराम अर्याल, गोपालबहादुर केसी, सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सिना, पदम प्रसाद न्यौपाने र कमला न्यौपाने चयन हुनुभएको निर्वाचन समितिका प्रमुख दिलिप कुमार अग्रवालले जानकारी दिए। उनका अनुसार निर्वाचन कार्यक्रम सम्पन्न भएलगत्तै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले श्रद्धा अधिकारी साहलाई सदस्य मनोनीत गरेको छ।

विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको आतिथ्यता र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका उपाध्यक्ष जय प्रसाद शिवाकोटीको विशेष आतिथ्यतामा संघको १५औं वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न भएको थियो। संघको विधानबमोजिम नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *