‘चिकित्सककै सल्लाहमा प्रधानमन्त्रीको उपचार सिंगापुरमा हुने’

डिसी नेपाल
३ भदौ २०७६ १९:२४

काठमाडौं । उपप्रधानमन्त्री एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाक्टरहरुको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लागेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावलिको पच्छिेद ८ बमोजिम प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै मन्त्री यादवले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकै सल्लाहमा उहाँको सिंगापुरमा उपचार गर्न लागिएको बताएका हुन्।

नेपालमा धेरै रोगहरुको उपचार संभवन भएको भएपनि केही जटिल अवस्थाका रोगका लागि बाहिर जानुपर्ने अवस्था रहेको बताए। उनले मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री पनि उपचारमा संलग्न चिकित्सककै पराशर्ममा सिंगापुर गएको र फेरी जाने क्रममा रहेको स्पष्ट पारे।

उनले भने, ‘नेपालमा धेरै रोगहरुको उपचार संभव छ । केही ट्रिपिकल कण्डिसनमा बाहिर जानुपर्ने पनि हुन सक्छ । र प्रधानमन्त्री ज्यूको स्वास्थ्य उपचारका लागि यहाँका डाक्टरले बाहिर नै रिफर गरिसकेको हुनाले बाहिर नै उपचार गराउँदा उचित हुन्छ । र उहाँ उपचारका लागि जानुभएको थियो र फेरी जाने क्रममा हुनुहुन्छ ।’

सांसद प्रेम सुवालले हालै मात्रै सिंगापुरमा उपचार गराएर आएका प्रधानमन्त्री केपी शर्मा ओली फेरी उपचारका लागि सिंगापुर जान लागेको भन्दै नेपालको उपचार पद्धति र प्रधानमन्त्रीको स्वास्थ्य बारे जानकारी माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *