लिबियाको तटबाट ४९३ आप्रवासीको उद्धार
त्रिपोली। आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले गत हप्ता लिबियाको तटबाट ४९३ आप्रवासीलाई उद्धार गरिएको मंगलबार जनाएको छ।
‘जनवरी ५ र जनवरी ११ को बीच चार सय ९३ जना आप्रवासीलाई लिबिया फर्काइएको थियो,’ आईओएमले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।
आप्रवासीमा ४७ महिला र १७ बालबालिका रहेका छन् भने तीन आप्रवासीको शव फेला परेको आईओएमले जनाएको छ।
सन् २०२४ मा, २१ हजार ७६२ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो। त्यसमध्ये ६७४ को मृत्यु र एक हजार १५ जना भूमध्य मार्गमा हराएका थिए।
प्रतिक्रिया
Facebook Comment