‘देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्व र शक्तिहरू सक्रिय भए’

डिसी नेपाल
३ भदौ २०७६ २१:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्व र शक्तिहरू सक्रिय भएको भन्दै छलफल भएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार साँझ आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा एक भएका दलहरु फेरी एकपटक एकजुट हुनुपर्ने बताए।

बैठक पछि सम्बाददाताहरुसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीले देशको पछिल्लो अवस्थामा लोकतान्त्रिक शक्तिहरु समझदारी साथ सहकार्य गर्न आवश्यक भएको धारणा राखेको बताए।

प्रधानमन्त्रीले बैठकको सुरुमा विषय प्रवेशसँगै गणतन्त्र, संविधान, लोकतन्त्र संघीयता माथि निरन्तर आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गरेको बताए। साथै प्रधानमन्त्रीले देशका विभिन्न भागमा बढ्दै गएको हिंसात्मक गतिविधि बिरुद्ध एक भइ सरकारलाई सहयोग गर्न आग्रह पनि गरेको प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा सहभागी दलका शीर्ष नेताहरुले प्रधानमन्त्रीको धारणामा सहमत हुदै लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्न सरकारलाई साथ दिन तयार रहेको धारणा राख्नु भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आज बसेको बैठकमा समसामयिक राजनीतिसंगै प्रधामन्त्रीले आफ्नो स्वास्थ्यबारे नेताहरुलाई जानकारी गराएका थिए।

भोलि पुन सर्वदलिय बैठक बस्ने भएको छ। भोलिको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयन र शान्ति प्रक्रियाका बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने विषय केन्द्रित छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *