प्रदेश प्रमुख देवकोटाद्वारा भूकम्प सुरक्षा दिवसको शुभकामना
बागमती। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पको सम्भावित क्षतिबारे आत्तिनुभन्दा सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताएका छन्। सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ का अवसरमा जारी शुभकामना सन्देशमा उनले भूकम्पीय सचेतना र सुरक्षाको महत्वलाई आम समुदायसमक्ष पु¥याउन आवश्यक छ भने ।
विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा मनाइने यो दिवसले नागरिकमा सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वासका साथ प्रदेश प्रमुख देवकोटाले शुभकामना व्यक्त गरेका हुन्। यस वर्षको दिवस ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित मनाइँदैछ।
सन्देशमा भूकम्प प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न नसकिने तर सुरक्षित संरचना, सावधानी र पूर्वतयारीका उपाय अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने उल्लेख छ । “हामीले बलिया र सुरक्षित संरचना निर्माणमा ध्यान दिनुका साथै सम्भावित क्षतिलाई न्यून गर्न पूर्वसावधानी र प्रतिकार्यका उपाय अपनाउनुपर्छ”, सन्देशमा उल्लेख छ ।
Facebook Comment