भुलभुलैया-३ को सफलताले माधुरीले किनिन् करोडौंको फरारी
मुम्बइ। फिल्म स्टारहरूको एउटा कुरा हुन्छ, जो उनीहरू आफ्नो भव्यतामा कुनै कसर बाँकी राख्दैनन्। लुकमा मात्रै लाखौं र करोडौं खर्च मात्रै गर्दैनन्, कारको पनि उत्तिकै शौखिन मानिन्छन् । धेरै स्टारहरूको ग्यारेजमा एकभन्दा बढी लक्जरी कार पार्क गरिएको भेटिन्छ।
यसै सन्दर्भमा, हालै माधुरी दीक्षितले पनि आफ्नो ग्यारेजमा नयाँ चम्किलो गाडी थपेकी छिन् । अन्य स्टारहरू जस्तै माधुरी दीक्षित पनि कारको शौखिन छिन् र उनीसँग अहिले पनि धेरै महँगो कारहरूको संग्रह रहेको छ। न्युज १८ का अनुसार अभिनेत्रीसँग मर्सिडिज मेब्याक एस ५६०, रेन्ज रोभर भोग र पोर्श ९११ टर्बो जस्ता करोडौं मूल्यका कारहरू रहेका छन् । अब यसबिचमा उनले आफ्नो कार संग्रहमा फेरारीलाई पनि समावेश गरेकी छिन्।
भर्खरै, माधुरी दीक्षितले आफ्नो पति श्रीराम नेनेसँग रातो फेरारी २९६ मा देखा परेकी थिइन । सोमवार झ माधुरी आफ्नो पतिसँग चम्किरहेको फेरारीमा सवार देखिएकी थिइन् । सामाजिक सञ्जालमा माधुरी र उनका पतिको एक भिडियो पनि सार्वजनिक भएको छ ।
क्लिपमा माधुरी दीक्षित नीलो रंगको सिक्विन लामो ड्रेसमा देखिएकी छिन् । स्टनिङ लुकमा उनी निकै सुन्दर देखिएकी थिइन्। जहाँ उनका श्रीमान् श्रीराम नेने कालो कोट–प्यान्ट र सेतो शर्टमा देखिएका थिए । दुवैजना एउटा भवनबाट निस्किए र त्यहाँबाट आफ्नो नयाँ कारमा गएर बसेका थिए ।
पापाराज्जीले क्याप्सनमा लेखेका छन्, ‘माधुरी दीक्षितलाई आफ्नो नयाँ कारमा पति श्रीरामसँग घर लैजाँदै गरेको देखियो।’ कारवालाका अनुसार माधुरी दीक्षितको लक्जरी कार फेरारी २९६ जीटीएसको मूल्य ६,२४ करोड भारतीय रुपैयाँ पर्छ । यो कार भारतमा २०२३ मा मात्रै लन्च गरिएको थियो । माधुरी बाहेक सञ्जय दत्त, राम कपुर र भुषणकुमार जस्ता स्टारहरु पनि फेरारीको मालिक छन् ।
माधुरी दीक्षितको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक हिट फिल्म ‘भुल भुलैया ३’ मा देखिएकी थिइन् । फिल्ममा उनले अन्जुलिकाको भूमिका निभाएकी थिइन् ।
Facebook Comment