लघुकथा : अन्तर्य

ईश्वर पोखरेल
२ माघ २०८१ १०:४०

ओल्लो घर भक्तलालको; पल्लो घर शिवलालको।

दाजुभाइ हुन्-यिनीहरू। अर्थात् बाबुआमा एउटै। हुर्केबढेको काख एउटै। पार्टी भने फरकफरक।

पार्टीको यति कुरा गरेपछि भनिरहनु नपर्ला- यिनीहरूका बीचमा बोलचाल नभएको वर्षौ भएको थियो। हिजो शिवलालको जन्मदिन रहेछ।

वर्षौंपछि हिजो शिवलालको फेसबुकवालमा भक्तलालले लेखेको देखियो- ‘जन्मदिनको शुभकामना ।’  देख्नेमध्ये कसैले ‘हा…हा…’ लेखे; कसैले ‘वाह!’ लेखे; कसैले ‘एङ्ग्री’ लेखे।

केही दिनअघि दुवै दाजुभाइलाई एउटै आमसभामा एउटै नेताको भाषणमा ताली बजाउँदै गरेको देखेको थियो-चन्द्रेले।

यी दाजुभाइलाई हिजो केले छुट्ट¥याएको थियो र आज केले गाँस्यो भन्ने कुरा चन्द्रेलाई थाहा थियो। त्यसैले भक्तलालको शुभकामना सन्देश पढेर चन्द्रेले कुनै प्रतिक्रिया देखाएन।

चन्द्रेले अन्तर्य बुझेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *