सरकार स्वेच्छाचारी ढंगले अघि बढेको प्रतिपक्षी दलको निष्कर्ष
संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने
काठमाडाैं। प्रतिपक्षी दलहरुले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ।
माओवादी केन्द्रको आह्वानमा बुधबार सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले संसद छलेर अध्यादेश ल्याउने कामले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै विरोध गरेको हो।
सरकारको गलत रवैयाबिरुद्ध प्रतिपक्षी दलको चासो र चिन्ता रहेको बैठकपछि माओवादी उपमहासचिव बर्षमान पुनले जानकारी दिए। बैठकले संघीय संसदको नियमित बैठक बोलाउन माग समेत गरेको छ।
सरकारले संसद बैठक बोलाउन आलटाल गरे वा संसद छलेर अघि बढ्न खोजे विशेष अधिवेशन बोलाउन माग गर्ने सम्मको तयारी भएको पुनले बताए। दुई तिहाईको बलमा जनताको आवाज दवाउनेसम्मको कोशीस भएको बैठकको ठहर रहेको उनले बताए।
त्यस्तै बैठकले दलसम्बन्धी विधेयकमा साना दलको आवाज कमजोर पार्ने षड्यन्त्र भइरहेको र दुइदलीय व्यवस्था तर्फ देशलाई लैजाने कोशीस बेठिक रहेको निष्कर्ष निकालेको पुनले जानकारी दिए।
प्रतिपक्षी दलको साझा धारणा बनाउन अनौपचारिक ड्राफ्ट कमिटी बनाएको उनले बताए। बैठकका बिभिन्न ६ प्रतिपक्षी दलका नेताहरुको उपस्थिति रहेको थियो। अन्य प्रतिपक्षीमा रहेका दलहरुको पनि सकारात्मक समर्थन रहेको र आगामी बैठकमा सहभागी हुने खवर प्राप्त भएको पुनले जानकारी दिए।
Facebook Comment