दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योल पक्राउ परेपछि विपक्षी नेताहरूले के भने ?
काठमाडौं । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योलको गिरफ्तारीमा डेमोक्र्याटिक पार्टी हाउसका नेता पार्क चुन डेले भने, “दक्षिण कोरियामा न्याय जीवित छ।”
‘यो गिरफ्तारी संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासनको पुनर्स्थापनातर्फको पहिलो कदम हो,’ पार्टी बैठकमा उनले भने ।
पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।
युन सुक-योलले मार्सल ल लगाए र त्यसपछि हटाएपछि विपक्षी दलका नेताहरूले उनलाई पक्राउ गर्न माग गर्दै आएका थिए।
विपक्षी दलले युन सुक–योलविरुद्ध महाभियोग प्रस्ताव ल्याएपछि संसदमा पारित भएको हो ।
प्रतिक्रिया
Facebook Comment