राज्य व्यवस्था तथा सुशासनसहित दुई वटा समितिको बैठक बस्दै
काठमाडौं। आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन्।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। सो बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिनेछ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशा वारेमा छलफल गरिनेछ। सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुने समितिले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment