संवाद कविता श्रृंखला-३

प्रकाशचन्द्र खतिवडा
५ माघ २०८१ ७:०२
१ “ हेलो सम्पादक ज्यू
नमस्कार
मेरो कविता के भो हजुर ?
आज पनि पोष्ट भएन त?”
“नमस्कार, नमस्कार
सरी
यहाँको कविता स्तरहीन भो
त्यसैले पोष्ट गर्न सकिए न त”
“ए………
बल्ल बुझें
तपाईंहरु त स्तरीयताको नाममा
कवि लेखकलाई खसी पो पार्नु हुँदो रे छ।”
२ “हेलो प्रकाशक ज्यू
नमस्कार”
“नमस्कार, नमस्कार
के कति कामले पाल्नु भा हो कुन्नि?”
“एउटा कविता संग्रह प्रकाशन गरौं भनेको
प्रकाशक नभेटिएर हैरान छु
यहाँको प्रकाशन गृृह
रामै्र चलेको छ भन्ने सुन्छु
के मेरो कविता संग्रह निकाल्दिनु हुन्छ  त?”
“भै हाल्छ नि कविजी”
लगानी सबै तपाईंको नै हो
प्रकाशनको जिम्मा हामी लिउँला
नाफा भए हाम्रै हुन्छ
घाटा तपाई जिम्मा”
“ए कुरा त्यसो पो
लगानी आफैं गर्ने भए
तिमीहरु भातेको प्रकाशन गृह को पो धाउथ्यो?”
३ “ए गजेन्द्र दाइ
फर्निचर कतिको चल्दै छ त?
सटर कहिल्यै खुलेन नि
शोरुम पनि बन्दै छ त”
“प्रकाश भाइ पनि
भने जस्तो काठै पाइँदैन
मिस्त्री खर्च बढेको छ
अर्डर पनि कमै आउँछ
काठ महँगो किन गरिस्?
फर्निचरलाई दोष आउँछ
कमिशन खाने अर्कै हुन्छ
के भनौ र हो भाइ ?
घाटा व्यापार पो गर्दै छु त।”
४ “ओ ठेकदार साब
हिजो आज
काम कत्तिको चल्दै छ त?
कुन साइटमा हुनु हुन्छ
कति वटा घर बन्दै छ त?
ह्या
साहुजी पनि
जानी जानी के सोधी राख्नु भा नि
साइट त बाँसबारी तिरै हो
जम्मा जम्मी तीनवटा घर त  बन्दै छ नि
घर कस्ले पो बनाउँछ र साहुजी?
आर्थिक मन्दिले
सबैलाई उठि सुख न बसि सुख बनाएकै छ त।”
५ “ओ कवि जी
सञ्चैले हो कि
विसञ्चले हो
ज्यादै मोटाउनु पो भए छ त
सुगर प्रेसर हुन सक्छ
बेलैमा बुद्धि पु¥याउनु त”
“सञ्चो भनुँ कि
विसञ्चो भनँु ?
खाना पिना रुचि रा छ
मोटो जिउँ आफैंलाई ज्यादै भारी भा छ
मोटाउनलाई मिठो मसिनो के नै खा को छ र?
डिप्रेशनको दवाइ खान्छु
त्यही दवाइ नै
मेटो पनको प्रमुख कारण भा छ ।”
६ “अभय जी
हैन कता हो आज?
हतारमा हुनुहुन्छ कि कसो ?
हातमा के बोक्नु भा हो?
पर्चा पम्प्लेट जस्तो छ त?”
“ए कवि जी पो
हतारमै छु त आज
माइतीघर मण्डला जान हिँडेको
ठिकै भन्नु भो
हातको पर्चा पम्प्लेट नै हो त
देश त वर्वाद भइ नै सक्यो
घुस, कमिशन र भ्रष्टाचार विरुद्ध
खबरदारी सभा गर्नु छ आज ।”
७ “ओ नवीन जी
अचेल फुर्सदै हो कि कसो?
राजनीति त छोड्नु भएछ नि”
“हजुर
फुर्सदै छु त अचेल
राजनीति नछोडेर के गरौं?
नेताहरुले गति छाडी हाले
जनता सामु जाने बाटै छैन
मुख देखाउन साहै्र गाह्रो भा छ।”
८ “ए हजुर
कति सुतिस्या हो?
उठ्ने बेला भएन र?
छोरा छोरी उठि सके
होमवर्क गराउनु पर्दैन र?”
“ए………..
भुसुक्कै पो निदाएँ छु त
बेलैमा बोलाउनु पर्दैन त
चिया पानी लेउन अब
खाने बेला भएन र ?”
“बेलात भा कै हो हजुर
हजुर भान्सा हेरिसिन्न
चिया चिनी केही छैन
हजुरको थोत्रे जागिर
बाँच्न कति गाह्रो भा छ।”
९ “कता हिड्नु भो जेठा बा ?
ह्स्याङ फस्याङ नगर्नु न
बुढेसकालले छोइ सक्यो
कहाँ अबर पर्नु हुन्छ”
“अबर पर्नु बेग्लै कुरा
हस्याङ फस्याङ गर्नै पर्छ
जति बुढो उति व्यवहार वित्दो रै छ
राजनीति त छोडियो हौ खतिवडा भाइ
अब के पो गर्ने?”
“पीर नगर्नोस् जेठा बा
राजनीति त छोड्नै पथ्र्यो
राजनीति घृणित खेल जस्तै भइ सक्यो
कामका क्षेत्र हजार छन्
अब समाज सेवा गर्नु पर्छ।”
१० “ओ राधे श्याम जी
पत्रिका त आउनै छोड्यो
पत्रकारिता छोड्नु भो कि कसो ?”
“ए प्रकाश सर
कताबाट आज ?
पत्रिका त आउनु पर्ने
किन ढिला भयो?
माथि बुझनु फर्ला
आफू त पीत पत्रकारिता  नजान्ने मान्छे
यथार्थ खबर लेखे बापत
म त निलम्बनमा पो छु त।”
सुन्दहरैंचा-६, दुलारी, मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *