युद्धविराम सम्झौताबारे इजरायल र हमासले के भने ?
काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताको घोषणाप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन्।
हमासका मुख्य वार्ताकार खलील अल-हयाले भने, “युद्धको क्रममा गाजामा भएको पीडाका लागि समूहले इजरायललाई माफ गर्ने छैन।”
“सबै पीडितहरूको तर्फबाट, रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुको लागि हामी भन्छौं कि हामी बिर्सने छैनौं।” उनले इजरायल यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको बताए।
इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको वार्ता टोलीले यो सम्झौतालाई अन्तिम रूप दिन गरेको प्रयासलाई समर्थन गर्ने बताएका छन्।
उनले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाई आग्रह गरे । इजरायली मन्त्रिपरिषद्ले मतदान मार्फत सम्झौता अनुमोदन गर्नुपर्छ।
Facebook Comment