नेतान्याहुको कार्यालयद्वारा हमाससँग युद्धबिराम सम्झौता भएको घोषणा

डिसी नेपाल
४ माघ २०८१ १२:४०

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बन्धकहरुलाई रिहा गर्ने विषयमा सहमति भएको जनाएको छ ।

बिहीबार, प्रधानमन्त्री नेतन्याहुले युद्धविराम सम्झौतामा मन्त्रिपरिषद्को मतदान स्थगित गरे। उनले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाए।

शुक्रबार बिहान नेतान्याहुको कार्यालयले वार्ताका लागि गठित टोलीले नेतान्याहुलाई सहमति भएको जानकारी दिएको जनाएको छ ।

नेतान्याहुको कार्यालयले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाउन आदेश दिएको बताएको छ । त्यसपछि सम्झौता स्वीकृत हुनेछ। यसबारे बन्धकका परिवारलाई जानकारी गराइएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन्।

बुधवार, अमेरिका र कतारले युद्धविराम सम्झौताको बारेमा पहिलो जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *