समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना हुँदैन : उपेन्द्र यादव

डिसी नेपाल
५ माघ २०८१ १३:३४

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन्।

बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरूले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताए।

समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु भयो। अब उहाँसँग सहकार्य अहिले सम्भव छैन।’

अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए।

मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *