पश्चिमी वायुको प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराई क्षेत्रमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको सम्भावना छ।
विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
प्रतिक्रिया
Facebook Comment