कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन्।
किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज किर्तीपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराएका हुन्।
‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक वनाउन आवश्यक छ’ मन्त्री अधिकारीले भने।
बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी रहेको उनले बताए।
उनले भने, ‘कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ , तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याई रहने अवस्था आउनु हुँदैन, अब विषादी न्यूनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी छ।’
Facebook Comment